Thaha

Friday 17 May - 2:55 pm NST

४० लाख बढिले १२ वर्षे सिंहअस्त मेला भरे, मेला अब ४  दिन बाँकि


ललितपुर, २८ भदौं । सन्चु ब्लोन 
ललितपुरको गोदावरीमा १२ बर्षे सिहास्त मेला लागि रहेको छ । मेलामा काठमण्डौं उपत्यकासहित देशभरका भक्तजनहरुको दिनहुँ भिड लागिरहेको छ । १२ बर्षे कुम्भ मेला भनेर पनि चिनिने मेला भदौ एक गते सुरु भएर मसान्तमा सकिन्छ । मेलाको अहिलेसम्म लाखौं भक्तजनहरुले दर्शन गरिसकेका छन् । 


ललितपुर सातदोबाटोबाट १० किलोमिटरको दुरीमा रहेको गोदावरीको कुण्डमा १२ वर्षे मेला शुरु भएदेखि २४ सै घण्टा भिड लागिरहेको छ । ‘शुरुका दिनम रातिको समयमा दर्शनार्थी आउलन भन्ने सोचेका थिएनौ, तर यस्तो भिड लाग्यो कि रातमा ब्यवस्थापन गर्न हम्मेहम्मे भो’ मेला मुल ब्यवस्थापन समितीका सहसंयोजक मधुुदन पौदेल भन्दैहुनुहुन्थ्यो । पौडेलका अनुसार मेलमा २७ गते सम्ममा ४० लाखले दर्शन गरिसकेका छन् । 


धार्मिक एवं सांस्कृतिक रुपमा महत्व बोकेको सिंहअस्त कुण्डलाई हिन्दुधर्मालम्बिले विषेश तिर्थस्थलका रुपमा लिने गर्दछन् । त्यसैले मेला भर्न के केटाकेटी के बृद्धवृद्धा जस्तो सुकै कष्ट भोगेर भएपनि आउने गरेका छन् । गोदावरी १२ वर्षे मेला  कहिलदेखि सुरु भयो भन्ने एकिन जानकारी नभएपनि किराँत कालदेखि नै चलनमा आएको मानिन्छ । हिन्दुधर्मग्रन्थ पुराणका अनुसार गौतम रिसीले गौहत्या गरेपछि पापबाट मुक्त हुन गोदावरीको हाल कुण्ड भएको ठाउँमा १२ वर्ष सम्म तपश्य गरेको र रिसीको तपश्यबाट प्रसन्न भएर गंगासागरको जल प्रकट भएको र त्यहि जलले नुहाएपछि गौहत्याको पापबाट मुक्त भएको धार्मिक मान्यता रहेको गोदावरी मेला ब्यवस्थान समिति अन्तर्गतका धार्मिक उपसमिति सचिव चिरन्जीवि सिग्देल बताउनुहुन्छ । 
हिन्दुमात्रै होइन बौद्ध धर्म मान्नेहरुले पनि यो मेलालाई विषेश रुपमा लिने गर्दछन् । गोदावरी कुण्ड र गौतम रिसीको हिन्दु धर्ममा ब्याख्या भएजस्तै बौद्धहरुको आफ्नै धारणा छ । कुण्डको ठिक्क माथिल्लो पट्टि ठुलो बौद्धधर्मालम्बिको गुम्बा पनि छ । १२ वर्षे मेलामा लामागुरुहरु समेत सहभागि हुने गरेका छन् । 


मेलाकोे पहिलो दिन भदौ १ गते लगभग १७ हजार मानिस स्नानका लागि आएको पछिल्लो दिनहरुमा कक्रम बढ्दै जाँदा करिब ४० खाल पुगिसेको छ । मेलाअवधिभरमा करिब ६० लाख पुग्ने अनुमान गरिएको मेला ब्यवस्थापन मुल समारोह समिति सहसंयोजक मधुसुन पौडेलले बताउनु भयो ।  
यति ठूलो कुम्भ मेलाका लागि सुविधा भने निकै कमजोर रहेको भक्तजनको गुनासो छ । फोहोर मैलाको ब्यवस्थापन भएको देखिदैन । कुण्डको पानी पनि सफा छैन । रोग निको हुने विश्वासका साथ कुण्डमा नुहाउन जानेहरुले उल्टै रोग लाग्छ कि भन्ने डर भएको बताएका छन् । मेलामा बसपार्कदेखि कुण्ड वरपरसम्म राखिएका पसल र निले फल्ने प्लाष्टिकलगायत फोहोरले दुर्गन्ध फैलिएका छन् ।

साँगुरो सडकका कारण यातायात ब्यवस्थापन अस्तब्यस्थ देखिन्छ । सार्वजानिक विदाको दिन मेलामा जानेहरुको चाप अत्याधिक हुँदा सातदोबाटोबाट गोदावरी सम्मै गाडी पास गर्न नसकेर पैदल जानुपर्ने अवस्था रहेको यात्रुहरुको गुनासो छ । भक्तजनको गुनासैकाबीच यस पटकको ललितपुरको कुम्भ मेला सकिनै लागेको छ । अब  विक्रम संवत २०८४ सालमा मात्रै मेला लाग्ने छ ।